के न्युन रक्तचाप (लो ब्लडप्रेसर) पनि शरीरका खतरनाक हो ?

60
Shares

हामीले उच्च रक्तचाप (हाई ब्लडप्रेसर)को बारेमा जति सम्वेदनशील भएर कुरा गर्दछौँ त्यति नै सम्बेदनशील भएर सायदै न्युन रक्तचाप (लो ब्लडप्रेसर)का बारेमा कुरा गर्दछौँ । यद्धपी कुरा नै नहुने भन्ने होईन ।

मुटु चिकित्सक भएकोले म संग भने न्युन रक्तचापकोबारेमा धेरैले प्रश्न उठाउने गर्नु हुन्छ । के यो रोग हो ? के रक्तचाप कम भएमा खतरा हुन्छ ? के यसको पनि उपचार गर्नु पर्छ ? आदि आदि ।

हामीले बुझ्नु पर्छ कि न्युन रक्तचाप (लो ब्लडप्रेसर) आफैमा रोग होइन । कसैको रक्तचाप ९० /६० भन्दा कम छ भने त्यसलाई न्युन रक्तचाप भएको मानिन्छ ।

यस्तो रक्तचाप स्वस्थ व्यक्तिमा पनि हुन सक्छ ।

यदि स्वस्थ र कुनै लक्षणहरु नभएको व्यक्तिमा यस्तो रक्तचाप छ भने यसलाई सामान्य रुपमा लिए हुन्छ । कुनै औषधी उपचार गर्नु पर्दैन । व्यायाम गर्ने, पौष्टिक आहार खाने, स्वस्थ जीवनशैली अवलम्वन गरे पुग्छ । आत्तिनु पर्दैन यसले कुनै हानी गर्दैन ।

– डा. प्रकाशराज रेग्मी

तर,  यदि कुनै रोगका कारण रक्तचाप घटेको रहेछ भने यो राम्रो होइन । त्यस्ता व्यक्तिहरुलाई केही न केही  स्वास्थ्य समस्या भैराखेको हुन्छ जसले गर्दा रक्तचाप घट्न पुग्छ ।

जस्तै : ज्वरो, झाडावान्ता, रक्तश्राव, शरीरमा नूनको कमि अत्याधिक गर्मीले पसिना धेरै आएको अवस्था आदि ।

यदि यस्ता समस्याहरु छन् भने तत्काल इमर्जेन्सी सम्झेर उपचार गराउनु पर्छ । तुरुन्तै रक्तचापलाई बढाउने उपाय गर्नु पर्छ । अन्यथा ज्यानको लागि खतरा हुनसक्छ ।

छोटकरीमा भन्नु पर्दा लक्षण केही छैन भने रक्तचाप कम भए पनि आत्तिनु पर्दैन, लक्षण छ र अप्ठेरो भैराखेको छ भने उपचार गराउनु पर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *