एक्लोपनले शरीरमा के असर गर्छ ?
एक्लोपनलाई मानिसको स्वास्थ्यमा त्यस्तो खतराका रूपमा लिने गरिएको छ जुन दैनिक १५ वटा चुरोट खाए बराबर घातक हुनसक्छ।
केम्ब्रिज विश्वविद्यालयको पछिल्लो एक अध्ययन अनुसार एक्लोपन तपाईँको स्वास्थ्यका लागि निकै खराब हुनसक्छ। उक्त अध्ययनले त्यसबाट मुटुरोग, स्ट्रोक, टाइप टु मधुमेह र इन्फेक्सनहरूसँगको बढ्दो जोखिम निम्त्याउने देखाएको छ।
विगफिल्डका अनुसार एक्लोपनले डिमेन्सिया, डिप्रेसन, तनाव र समग्रमा मृत्युको बढ्दो जोखिम निम्त्याउने अवस्थाका बढ्दो प्रमाणहरू छन्।
यस्तो जोखिम पछाडिको कारण के हो भन्ने अझै प्रस्ट छैन।
चिकित्सकहरूका विचारमा यसको सम्बन्ध शरीरमा बढ्ने तनावसँग जोडिएको हुनसक्छ।
त्यसैगरी एक्लोपनका कारणले गर्दा मानसिक स्वास्थ्यको अवस्था झनै खराब हुन्छ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको अनुमान अनुसार चार जनामा एक ज्येष्ठ उमेर समूहका मानिसहरू सामाजिक रूपमा एक्लिएका हुन्छन् भने ५ देखि १५ प्रतिशत किशोरावस्थाका मानिसहरूले एक्लोपनको सामना गरिरहेका छन्।
तपाईँको उमेरबाहेक पनि निश्चित समूहमा बढ्दो रूपमा एक्लोपनको जोखिम देखिन्छ।
ती आप्रवासी, जातीय अल्पसङ्ख्यक, शरण खोजिरहेकाहरू, एलजिबिटिक्यूप्लस वर्गमा रहेका मानिसहरू, स्याहारसुसारको काम गर्नेहरू र अतिरिक्त स्वास्थ्य समस्या भएका अवस्थाका मानिसहरू हुने गर्छन्।
पछिल्ला वर्षमा कैयौँ सरकारहरूले एक्लोपनाको प्रकोपसँग जुझ्ने प्रयासहरू थालेका छन्।
स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र बृहत् अर्थतन्त्रमा लाखौँ डलरको खर्च भएपछि यसले राजनीतिक एजेन्डाको रूप लिएको छ।
सामाजिक कार्यममा स्वयंसेवक बन्नु एक प्रभावकारी रोकथामको रणनीति हुन सक्ने अध्ययनले देखाएको छ।
हङकङमा ३७५ सामुदायिक स्वयंसेवकहरूसँग गरिएको एक ‘परीक्षण’का अनुसार तपाईँ आफूलाई विश्वास लागेको सामाजिक उद्देश्यका निम्ति आफ्नो अतिरिक्त समय खर्च गर्नाले एक्लोपन कम गर्न सकिन्छ।
विशेष गरी प्रौढ उमेर समूहका मानिसमा यो उपयोगी देखिन्छ।
यसैबीच अष्ट्रेलिया र नेदरल्याण्ड्सले पुस्तान्तर जीवनयापनमा लगानी गर्ने फरक तौरतरिका अपनाइरहेका छन्।
वृद्ध र युवा पुस्ताहरूलाई धेरैले प्रयोग गर्ने सामुदायिक केन्द्रजस्ता स्थानमा घुमघाम र भेटघाट गर्न प्रोत्साहन गरिरहेका छन्।
ब्रिटेनमा डाक्टरहरूले अत्यन्तै एक्लो भएको शङ्का लागेका बिरामीहरूलाई ूसोसल प्रेस्काइबिङू गर्ने अभ्यास पनि बढ्दै गएको छ जसक्रममा औषधि लेख्नुको सट्टा मानिसहरूलाई सामाजिक रूपले एकआपसमा जोड्ने सेवाहरूमा सहभागी हुन सुझाइन्छ। बीबीसी
सम्पर्क इमेल : [email protected]