स्वास्थ्य मन्त्रालयद्धारा मापदण्डमा छुटेका विषय संवोधन गर्न समिति गठन

2.0k
Shares

काठमाडौँ, ४ पुस – स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरउन्नती मापदण्डमा छुटेका विषय समेटने गरी सुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रालयका जनस्वास्थ्य प्रशासन, अनुगमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंहको अध्यक्षतामा आइतबार तीन सदस्य समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा होमियोपेथि चिकित्सक डा सवरी साह र नर्सिङ अधिकृत कल्पना सुब्बा रहेका छन् ।

सो समितिलाई स्वास्थ्य संस्था स्थापना मापदण्ड सञ्चालन तथा स्तरउन्नती मापदण्ड सम्वन्धी निर्देशिका २०७० मा संसोधन गर्नुपर्ने विषयहरु सुझाव पेश गर्न कार्यादेश दिइएको छ ।

अहिलेको मापदण्डमा डेन्टल, आँखा, रेडियोलोजी, होमियोपेथी, नर्सिङ विषय समेटन नसकिएको सरोकारवालाहरुले बताउँदै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *