नोवेलको एमबीबीएस प्रवेश परीक्षा प्रकरण : छानवीनको जिम्मा सीआईबीलाई

काठमाडौँ, ४ पुस –  काठमाडौँ विश्वविद्यालयले नोवेल मेडिकल कलेज विराटनगरमा भएको एमबीबीएस र बीडीएसको प्रश्नपत्र चुहावटबारे छानवीन गर्न केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी)लाई जिम्मा दिएको छ ।

गत ३० मंसिरमा भएको प्रवेश परीक्षामा ह्वाट्स एपबाट प्रश्नपत्र चुहावट भएको खबर सार्वजनिक भएपछि विश्वविद्यालयले छानविनको जिम्मा सीआईबीलाई दिएको हो ।

विश्वविद्यालयका निमित्त उपकुलपति डा भोला थापाले ह्वाटस् एपबाट प्रश्नपत्र आउट भएको भन्ने खबर सार्वजनिक भएपछि छानबीन सुरु भएको बताए । ‘हामी छानवीनकै क्रममा छौँ । के भएको हो अहिले नै भन्ने अवस्था छैन,’  उपकुलपति थापाले भने । उनले सीआईबीबाट आउने प्रतिवेदन पछि परीक्षा रद्ध गर्ने वा नगर्ने भन्ने निर्णय हुने समेत जानकारी दिए । यद्धपी उनले यदि प्रश्नपत्र चुहिएको भए एक ठाँउको नभई सबै ठाँउको परीक्षाकेन्द्रको परीक्षामा असर हुने बताए ।

गत २२ कात्तिकमा पहिलो पटक लिइएको परीक्षामा विद्यार्थी अपुग भएपछि केयुले ३० मंसिरमा पुन दोस्रो पटक परीक्षा लिएको थियो ।सो क्रममा नोवेल मेडिकल कलेज परीक्षा केन्द्रमा विद्यार्थीलाई ह्वाट्स एपको माध्यमबाट प्रश्नको उत्तर उपलव्ध गराएको दावी गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *