रजिस्ट्रार प्राडा. भोला थापा बने काठमाडौँ विश्वविद्यालयको कार्यवाहक उपकुलपति

416
Shares

बनेपा, २ पुस – काठमाडौँ विश्वविद्यालय(केयु)का रजिस्ट्रार प्राडा भोला थापा  केयुको कावा उपकुलपति नियुक्त भएका छन् । केयुको कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थापालाई शुक्रबार सो पदमा नियुक्त गर्नुभएको हो ।

उपकुलपति छनोट गर्न गठित छनोट समितिमा उपकुलपति कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि अर्को व्यवस्था नहुन्जेल कावा उपकुलपति नियुक्त गरिएको केयुका प्रेस संयोजक हरि मञ्जुश्रीले जानकारी दिए । झन्डै एक सातादेखि केयुमा उपकुपति रिक्त थियो ।

शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा गत मङ्सिर १३ गते गठित छनोट समितिमा प्रा सुरेशराज शर्मा र दमननाथ ढुङ्गाना रहेका छन् । केयुमा गत मङ्सिर २६ गते तत्कालीन उपकुलपति डा रामकण्ठ माकाजु श्रेष्ठको पदावधि समाप्त भएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *