ऐन संसोधन पछि ढुक्क भयो न्याम्सलाई

प्रतिष्ठानले वीर अस्पताललाई अझै सात वर्षसम्म शिक्षण अस्पतालको रुपमा चलाउन पाउने

924
Shares

काठमाडौँ, १६ साउन । वीर अस्पतालको विषयलाई लिएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई पछिल्लो केही वर्ष देखि तनाव थियो ।

संसद र संसदीय समितिमा वीर र न्याम्स छुट्टयाउनु पर्छ र छुट्याउनु हुन्न भन्ने विषयमा पछिल्ला केही वर्ष देखि नियमित जसो नै छलफल भइरहेको थियो ।

जानकार तथा विज्ञहरुको धारणा पनि यी विषयमा परस्पर बाझिएर आईरहेका हुन्थ्यो ।

आफ्नै छुट्टै अस्पताल नभएको न्याम्सलाई वीर छुट्टिदाको अवस्थामा शैक्षिक गतिविधि तथा प्रयोगात्मक अभ्यास सञ्चालन गर्न अफ्टेरो नै पर्दथ्यो । तर, गत १४ साउन बुधबारका दिन राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि आएको केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८२ प्रमाणीकरण गरेपछि त्यो अलमल अन्त्य भएको छ ।

प्रमाणिकरण भईसकेको सो विधेयकमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ मा समेत केही संसोधन भएको उल्लेख छ । ऐनको दफा १४ को उपदफा १ र २ मा भएको विद्यमान व्यवस्थालाई सच्याइएको छ ।

संसोधित व्यवस्थामा अब प्रतिष्ठानले वीर अस्पतालाई सात वर्षसम्म शिक्षण अस्पतालको रुपमा प्रयोग गर्न सक्नेछ भनिएको छ ।

हेर्नुहोस् संसोधित दफा

संसोधन अघिको दफा १४ मा के थियो ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *