भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त

काठमाडौँ, १२ साउन । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा उज्वल चालिसेलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालका निमित्त निर्देशक डा चालिसेलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

अहिलेसम्म डा चालिसे अस्पतालमा आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत छन्।

उनले नेतृत्व सम्हालेपछि अस्पताल सुधारका थुप्रै कामहरु अघि बढी रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *