भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त

काठमाडौँ, १२ साउन । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा उज्वल चालिसेलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालका निमित्त निर्देशक डा चालिसेलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
अहिलेसम्म डा चालिसे अस्पतालमा आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत छन्।
उनले नेतृत्व सम्हालेपछि अस्पताल सुधारका थुप्रै कामहरु अघि बढी रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



