स्वास्थ्यमा रिक्त दुई अतिरिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस

4.6k
Shares

काठमाडौँ, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त दुई अतिरिक्त स्वास्थ्य सचिव (१२ औं तह)मा बढुवाका लागि तीन जनाको नाम सिफारिस भएको छ । मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले आवेदन दिएका २४ मध्ये २३ जनाको मूल्यांकन गर्दै तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार बैठकले डा. केशरबहादुर ढकाल (अब्सर गाइने) प्रादेशिक अस्पताल सुर्खेत, डा. श्रीकृष्ण श्रेष्ठ – पेडियाट्रिसियन, (पेडियाट्रिक्स)  पोखरा र डा. सुधा देवकोटा (प्रमुख मेडिकल सुपरीटेन्डेन्ट) स्वास्थ्य सेवा विभागको नाम मन्त्रिपरिषद् समक्ष पठाउने निर्णय गरेको छ ।

यसअघि आवेदन दिनेहरुको संख्या २४ भए पनि डा. डेलासिह जोशी (गाईने, अब्स)ले आफ्नो आवेदन फिर्ता लिएपछि प्रतिस्पर्धा २३ जनामा खुम्चिएको थियो ।आजकै बैठकले डा सिंहले प्रतिस्पर्धाबाट नाम फिर्ता लिएको समेत औपचारिक निर्णय गरेको छ ।

बढुवा समितिले सिफारिस गरेको तीन जनाको नाम अब स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिपरिषद्मा पेश गर्नेछन् । ती मध्येबाट दुई जना अतिरिक्त स्वास्थ्य सचिव बन्ने छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *