गण्डकीमा रहेका सबै प्रादेशिक अस्पताललाई स्तरउन्नती गर्न सैद्धान्तिक सहमति

स्तरोन्नती पछि ३९५ बाट बढेर ७०० शैय्यामा पुग्ने
64
Shares

काठमाडौँ, १० बैशाख । गण्डकी प्रदेश सरकारले सबै प्रादेशिक अस्पताललाई स्तरोन्नती गर्ने योजना अघि सारेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सबै प्रादेशिक अस्पतालहरुलाई स्तरोन्नती गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

प्राप्त सहमति अनुसार अब धौलागिरी प्रादेशिक अस्पताल र मध्यबिन्दु प्रादेशिक अस्पतालहरु १०० शैयामा स्तरउन्नति हुनेछन भने मनाङ र मुस्ताङलाई २५ शैयामा स्तरोन्नती हुने भएका छन् ।

बाँकी सबै प्रदेश अस्पतालहरुलाई ५० शैयाका अस्पतालहरुको रुपमा स्तरउन्नती गरिने गण्डकीका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।

उनले स्तरउन्नति पश्च्यात साविक स्वीकृत ३९५ शैय्या बाट बढेर ७०० शैय्या बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *