‘सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपाल’मा नयाँ कार्यसमिति

328
Shares

काठमाडौँ, ४ माघ । नेपालका नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सकहरुको संस्था ‘सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपाल’मा नयाँ कार्यसमिति छनौट भएको छ।

शनिबार भएको निर्वाचनबाट नयाँ कार्यसमिति छनौट भएको हो । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष र महासचिव निर्बिरोध छनौट भए भने अन्य पदमा भने मतदान भएको थियो।

अध्यक्षमा डा. रविन्द्र प्रधानाङ्ग उपाध्यक्षमा डा. योगेश न्यौपाने र महासचिवमा डा. दिपेश शाक्य निर्विरोध निर्वाचित भएका छन्।

सह सचिब पदमा डा. जिज्ञासा थापा ५४ मत ल्याई विजयी भएकी छिन् भने उनका प्रतिस्पर्धी डा. सुन्दर ढुंगाना ५० ल्याएर पराजित भए।

कोषाध्यक्षमा डा. रविभुषण सुवाल ६९ मत सहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी डा. अमित झाले ३८ मत ल्याएका छन्।

यस्तै सहकोषाध्यक्षमा डा. अरुण अधिकारी ५९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी डा. लिजन महर्जन ४६ मत ल्याएर पराजित भएका छन्।

यसैगरी सदस्यहरुमा डा. सञ्जय कोइराला, डा. कृपा डंगोल, डा. विपिन कोइराला, डा. सञ्जय पौडेल र डा. राजिव कुमार महासेठले जित हासिल गरेका छन्। डा. ओमप्रकाश यादव र डा. प्रभात शर्मा भने  पराजित भएका छन्।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *