त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक बने प्राडा सुवाशप्रसाद आचार्य, क्याम्पस प्रमुखमा प्राडा उप्रेती

692
Shares

काठमाडौँ, २४ माघ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्राडा सुवाशप्रसाद आचार्य नियुक्त भएका छन्। त्रिवि सेवा आयोगले उनलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघि नाम सिफारिस गर्न गठित छनौट समितिले बुधबार प्राडा आचार्यसहित चार जनाको अन्तर्वार्ता लिएको थियो ।

प्राडा आचार्य शिक्षण अस्पतालमा क्रिटिकल केयर विभागको प्रमुखका रुपमा कार्यरत छन् ।

यसैगरी, महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखमा प्राडा सुरेश उप्रेती नियुक्त भएका छन्। उनी यसअघि सहायक क्याम्पस प्रमुख थिए भने केही समय निमित्तका रुपमा पनि जिम्मेवारी पाएका थिए।

समितिले प्राडा उप्रेती सहित पाँच जनालाई गत मंगलबार अन्तर्वार्ताका लागि बोलाएको थियो ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *