स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले दिए राजिनामा

1.7k
Shares
डा. गुणराज लोहनी

काठमाडौँ, २८ भदौ ।  स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले पदबाट राजिनामा दिएका छन् । आज दिउसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उनले राजिनामा पत्र दर्ता गराएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव समेत रहेका डा लोहनीलाई १३ मंसिर २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

‘मन्त्रालयमा राजिनामा पत्र दर्ता गराएको छु,’ छोटो प्रतिक्रिया दिने क्रममा उनले भने, ‘आफूले सोचे जस्तो भएन ।’

राजिनामा पत्र दर्ता गराएपछि डा. लोहनीले सामाजिक सञ्जाल  फेसबुकमा ‘जिम्मेवारीबाट भाग्नु सामाजिक वैइमानि हो । तर अहिलेको लागि ………’ भन्ने स्टाटस हालेका थिए । उनको स्टाटसपछि धेरैले उनले राजिनामा दिए की भन्ने आशंका जनाएका थिए ।

अहिले स्वास्थ्य बीमा कार्यक्रम  देश व्यापी भए पनि राम्ररी सञ्चालन हुन सकेको छैन । बीमा कार्यक्रमबारे गुनासाहरु आइरहँदा अध्यक्षको राजिनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *