कुकुरको टोकाईबाट उपत्यकामा दैनिक एक सय जना पीडित

0
Shares

dog bite

काठमाडौँ, १८ भदौ – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक सय जना भन्दा बढी कुकुरले टोकेका पीडित उपचारका लागि आउने गर्छन् । ती मध्ये ७० जना भन्दा बढीले एन्टिरेबिज भ्याक्सिन लगाउने गरेका छन् ।

अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो चार महिनामा आठ हजार दुई सय २८ जनाले एन्टिरेविज भ्याक्सिन लगाएका छन् । साउन महिनामा मात्रै एक हजार नौ सय ३१ जनाले सो भ्याक्सिन लगाएको अस्पतालले जनाएको छ । तर भ्याक्सिन लगाउने भन्दा धेरै कुकुरको टोकाईबाट परामर्सका लागि आउने गरेको अस्पतालका चिकित्सक डा शेरबहादुर पुन बताउछन् ।

‘सरदर दैनिक एक सय भन्दा बढी कुकुरले टोकेको भन्दै आउने गरेका छन् , तर आएका सबैलाई भ्याक्सिन लगाउने सल्लाह दिदैनौँ, यदि घरमै पालेको कुकुरले टोकेको हो भने त्यसको अवस्था हेरेर मात्रै भ्याक्सिन लगाउन सल्लाह दिन्छौँ ।’

काठमाडौँ महानगरपालिकाका अनुसार उपत्यकामा २२ हजार भन्दा बढी भुस्याहा कुकुर रहेका छन् । भुस्याहा कुकुरको सख्या बढन नदिन महानगरले कुकुरको स्थायी बन्ध्याकरण अभियान सुरु गरेको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् ।

आजको नयाँ पत्रिका दैनिकमा भिषा काफ्लेको समाचार

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *