राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदमा आवेदन माग

104
Shares

काठमाडौँ, २५ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि आवेदन माग गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस समितिको सचिवालयले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले एक साता भित्र आवेदन दिन भनेको छ ।

सूचनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७४ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न निकाय तथा पदाधिकारीको बैठक सञ्चालन , काम कर्तव्य र अधिकार तथा पारिश्रमिक र सुविधा सम्वन्धी नियमावली २०७४ बमोजिमका योग्यता पुग्नु पर्ने उल्लेख छ ।

गत २९ असोजमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले अचानक पदबाट राजिनामा दिएपछि सो पद रिक्त छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *