सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमाको १ अर्ब र विपन्नको ४० करोड बढी सोधभर्ना

536
Shares

काठमाडौँ, २५ फागुन । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमाको एक अर्व र विपन्नको ४० करोड बढी सोधभर्ना गरेको छ ।

बोर्डले गत १७ फागुनमा स्वास्थ्य बीमा कार्यक्रमका लागि सूचीकृत २७२ वटा स्वास्थ्य संस्था (अस्पताल)लाई १ अर्व ३ करोड ५७ लाख ४०९ रुपैयाँ सोधभर्ना गरेको छ ।

सोही दिन विपन्न नागरिक औषधी उपचार अन्तर्गत डायलासिस सेवा, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर रोग आदिको गत साउन देखि असोज मसान्तसम्मको सोधभर्ना रकम ४० करोड १९ लाख ७० हजार ४२९ रुपैयाँ वितरण गरिएको बोर्डले जनाएको छ ।

बोर्डले लामो समय देखि स्वास्थ्य संस्थालाई रकम सोधभर्ना गरेको विवरण सार्वजनिक गरेको थिएन । तर यसपटक भने कुन स्वास्थ्यलाई कति रकम सोधभर्ना गरियो भनेर सम्पूर्ण विवरण आफ्नो वेवसाइटमा अपलोड गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *