नेपाल मेडिकल काउन्सिलकाे सदस्यमा डा. बुढाथोकी र डा. झा नियुक्त
काठमाडौं, ५ मंसिर । नेपाल मेडिकल काउन्सिलकाे रिक्त सदस्य पदमा दुई जना चिकित्सक नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री डा. सुधा शर्माले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै डा. प्रकाश बुढाथोकी र डा. ईन्द्र कुमार झालाई सदस्य पदमा नियुक्त गरेकी हुन् ।
नव नियुक्त सदस्य डा बुढाथोकी स्वास्थ्य मन्त्रलयका प्रवक्ता समेत हुन् । उनलाई डेन्टलकाे तर्फबाट नियुक्त गरिएको हाे । डा. झा भने वीर अस्पतालमा कार्यरत छन् । उनलाई मेडिकल समूहबाट नियुक्त गरिएकाे हाे ।
काउन्सिलमा सरकारले अझ एकजना नियुक्त गर्न बाँकी छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



