नेपाल मेडिकल काउन्सिलको निर्वाचन : उपाध्यक्षमा चार र सदस्यमा ३३ जनाको उम्मेद्धारी

काठमाडौँ, ३० कात्तिक । आगामी पुस महिनामा हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि उम्मेद्धारहरुको मनोनयन आज सम्पन्न भएको छ । काउन्सिल स्रोतका अनुसार १ उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेद्धारी परेको छ । यस्तै ८ सदस्य पदका लागि ३३ जनाको उम्मेद्धारी परेको छ ।
उपाध्यक्षका लागि डा। कालुसिंह खत्री, डा. कुन्जाङ शेर्पा, डा. गुरुशरण साह र डा. अजयसिंह थापाको उम्मेदवारी परेको छ । ८ सदस्यका लागि ३३ जनाले उम्मेद्धारी दर्ता गरे पनि पूर्ण विवरण अझै आउन सकेको छैन ।
काउन्सिलले यो निर्वाचन काठमाडौँ उपत्यका बाहिर पुसको ५ र ६ गते तथा काठमाडौँ उपत्यका भित्र पुसको ११ र १२ गते गर्ने तयारीमा छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



