शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार पदका लागि दरखास्त आह्वान

136
Shares

काठमाडौं १६ कात्तिक ।  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त दिन आह्वान गरिएको छ ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार शनिबार बसेको समितिको बैठकले विश्वविद्यालयका दुई शीर्ष पदका लागि योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो। इच्छुक नेपाली नागरिकले आवश्यक योग्यता तथा कागजातसहित दरखास्त पेश गर्न सक्नेछन्।

दरखास्त पेश गर्नको अन्तिम म्याद सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र तोकिएको छ। सो अवधिभित्र कार्यालय समयभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (प्राविधिक शिक्षा शाखा) मा दरखास्त दर्ता गर्न सकिने सूचनामा उल्लेख छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *