देउवा दम्पती अस्पतालबाट डिस्चार्ज हुँदै

60
Shares

काठमाडौँ, ८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा.आरजु राणा देउवा बुधबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

गत भदौ २४ गते जेन-जी आन्दोलनको दोस्रो दिन आफ्नै निवासमा प्रदर्शनकारीको आक्रमणमा परेका दुवैजना घाइते भएका थिए ।

देउवा दम्पतीलाई नेपाली सेनाले उद्धार गरेर सैनिक अस्पतालमा भर्ना गरेको थियो । जेन–जी प्रदर्शनकारीले देउवाको गर्धनमा धारिलो हतियारले प्रहार गर्दा १२ टाँका लगाउनुपरेको थियो ।

दुवैजनाको स्वास्थ्यमा सुधार भएकाले उपचारमा संलग्न सैनिक अस्पतालका चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज भएर ललितपुर लान लागिइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *