फर्मासिष्ट लाइसेन्स परीक्षामा ४९ प्रतिशत उत्तीर्ण

काठमाडौँ, १४ भदौ । नेपाल फार्मेसी परिषद्ले आज लिएको फर्मासिष्ट तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ४८.९६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परिषद्ले केही वेर अघि नतिजा सार्वजनिक गरेको थियो ।
परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयका अनुसार फर्मासिष्ट तर्फको २९ औँ नाम दर्ता परीक्षामा सहभागी हुन भन्दै आवेदन दिएका मध्ये कुल ८११ जनाको आवेदन स्वीकृत भएको थियो ।
तर, आजको परीक्षामा ७६८ जना उपस्थित थिए । ती मध्ये ३७६ जना मात्रै उत्तीर्ण भएका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



