भरतपुरमा भएको कार दुर्घटनामा एक चिकित्सकको मृत्यु

808
Shares

चितवन, १४ भदौ । भरतपुरमा आज विहान भएको सवारी दुर्घटनामा डा. विप्लव भट्टको निधन भएको छ ।

विहान १ : ३० बजे तिर भरतपुर महानगरपालिका १० बिशालचोकमा बा १५ च ४६९३ नम्बरको कार अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका २९ वर्षका डा. बिप्लब भट्टको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अकिारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका डा भट्टलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएको थियो । तर चिकित्सकहरुले जोगाउन सकेनन् ।

विहान २ः०५ बजे उनको मृत्यु भएको घोषणा गरियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *