प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई दिनदेखि स्वास्थ्यमा समस्या देखिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई बुधबार सामान्य ज्वरो आएपछि चिकित्सकहरुले आराम गर्न सुझाव दिएका हुन् ।
अस्वस्थ भएपछि प्रधानमन्त्री ओली बुधबार संसदमा तय भएको प्रश्नोत्तरको कार्यक्रममा सहभागी भएका थिएनन् ।
प्रधानमन्त्री ओली आजपनि औपचारिक कार्यक्रम स्थगित गरी बालुवाटार निवासमा आराम गरिरहेको बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



