विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ कार्यसमिति, अध्यक्ष बने डा. पुनेश्वर केशरी
काठमाडौँ, २ भदौ । विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको गत शुक्रबार सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशन तथा साधारण सभाले डा. पुनेश्वर केशरीको सभापतित्वमा नयाँ र्कासमिति चयन गरेको छ ।
नवगठित कार्य समितिको उपसभापतिमा डा. निर्मल भुसाल, सचिवमा डा. निश्चल गुप्ता र कोषाध्यक्ष पदमा डा. मदन भण्डारी चयन भएका छन् । यस्तै सदस्यहरुमा डा. काजल झा, डा. बिशुनदयाल प्रसाद पटेल, डा. साधना पराजुली र डा. प्रशन्न नेपाल निर्वाचित भएका छन्।
अधिवेशनले आयुर्वेद चिकित्सा क्षेत्रको प्रवर्द्धन, अनुसन्धान र नीतिगत पहलकदमीलाई सुदृढ बनाउन सक्ने नेतृत्व चयन गरेको जनाएको छ।
नवनिर्वाचित पदाधिकारीहरूले आयुर्वेदिक स्वास्थ्य प्रणालीलाई आधुनिक समयमा अझ प्रभावकारी बनाउँदै जनस्तरमा पुग्ने खालको कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस्तै उनीहरुले आयुर्वेद विशेषज्ञ चिकित्सकको पेशागत हकहित र गुणस्तरीय सेवाको सुनिश्चितता पनि कार्यसूचीको प्राथमिकतामा रहने उल्लेख गरेका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



