ईशान बाल तथा महिला अस्पतालको ३० औँ बार्षिकोत्सव सम्पन्न

काठमाडौँ, १ भदौ । ईशान बाल तथा महिला अस्पतालले शनिबार ३०औँ वार्षिकोत्सव मनाएको छ । बसुन्धरास्थित अस्पताल परिसरमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले अस्पतालले एक वर्षमा गरेका मुख्य-मुख्य कामहरुको फेहरिस्त प्रस्तुत गरेका थिए ।
सो अवसरमा उनले पछिल्लो ३० वर्षदेखि अस्पतालले दिएको सेवाका बारेमा समेत बताएका थिए ।
सो अवसरमा अस्पतालमा कार्यरत उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
विसं २०५२ सालमा कृष्णाअष्टमीकै दिन पारेर नेपालकै पहिलोे गैरसरकारी बाल अस्पताल ईशान बाल नर्सिङ्ग होम, १५ शैया क्षमताको महाराजगंज चोकबाट शुरु भएको हो । उक्त समय देखि नै विशेषज्ञ चिकित्सकहरुबाट उत्कृष्ट विशेषज्ञ सेवा दिदै आफनो स्थायित्व कायम गर्न सफल भएको छ ।
निर्देशक डा चौधरी भन्छन्, ‘बाल अस्पतालको सफलता पछि यसलाई महिला सेवा थपि २५ शैयाको अस्पतालमा स्तरोन्नती गर्दै ईशान बाल नर्सिङ्ग तथा प्रसुती गृहको रुपमा गुणस्तरीय तथा सर्बसुलभ सेवाको शुरुवात भयो । पछि उक्त अस्पताल २०६३ सालमा बसुन्धारा चोकमा सरी ईशान बाल तथा महिला अस्पतालको नामबाट सेवा शुरु भयो ।’

अस्पताल अहिले आफ्नै भवनमा सञ्चालित छ ।
‘अस्पतालले बिरामी तथा वातावरण मैत्री आफ्नै आधुनिक भवनमा अन्तराष्ट्रिय मापदण्डको बाल, महिला तथा वयस्कहरुका लागि बहु विशेषज्ञ सेवाहरु दिईरहेको जानकारी गराउन चाहन्छु । साथै यस अस्पतालले आईएसओ गुणस्तर प्राप्त गरेको पनि पनि जानकारी गराउन चाहन्छु,’ निर्देशक डा चौधरीले भने ।
अस्पतालमा हरेक दिन जनरल बाल रोग, नवजात शिशु उपचार सेवा, शिशु तथा बाल शल्यव्रिmया र बाल युरोलोजी सेवा, बाल हाडजोर्नी सेवा, स्त्री तथा प्रसुती सेवा, विशेषज्ञ सेवाहरु : बाल नाक, कान, घाँटी, बाल आँखा रोग, बाल दन्त रोग सेवा उपचार, बाल हेमाटोलोजी–अनकोलोजी उपचार सेवा उपलव्ध छ । यस्तै बाल ग्यास्ट्रो इन्टेरोलोजी, बाल इन्डोस्कोपी, कोलोनोस्कोपी, बाल न्युरोलोजी, बाल कार्डियोलोजी, बाल एलर्जी, बाल नेफ्रोलाजी, बाल पल्मोनोलोजी लगायतका सेवाका साथै सबै (निजी तथा सरकारी) खोप सेवाहरु उपलव्ध गराएको डा. चौधरीले बताए ।
उनले निकट भविष्यमा १०० शैयाको सेवा सुबिधाहरुको लागि पूर्वाधार तयार गर्ने योजना रहेको बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



