स्वस्थ शिशु प्रतिस्पर्धाको नतिजा सार्वजनिक, १२ जना पुरस्कृत हुँदै

40
Shares

काठमाडौँ, २१ साउन । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले गत १४ साउनमा सञ्चालन गरेको स्वस्थ शिशु प्रतिस्पर्धाको नतिजा सार्वजनिक भएको छ ।

प्रतियोगिताको ६१ औँ संस्करणको नतिजा गत १६ साउनमै सार्वजनिक गरिएको थियो । यद्धपी विजेता शिशुहरुलाई पुरस्कार भने आगामी ३१ साउनका दिन अस्पतालको बार्षिकोत्सव समारोहमा प्रदान गरिने अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।

स्वस्थ शिशु प्रतिस्पर्धामा प्रसूती गृह अस्पतालमा जन्मिएका १ वर्ष सम्मका शिशुहरुलाई सहभागी गराइएको थियो ।

जन्मेदेखि ४५ दिनसम्मको एक समूह, ४६ दिन देखि ६ महिनासम्मको अर्को समूह र ६ महिना देखि १ वर्षसम्मको अर्को समूह गरी प्रतिस्पर्धा गरिएको थियो । तीन वटै समूहमा गरी १०० बढीले सहभागिता जनाएका थिए ।

हेर्नुहोस नतिजा:

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *