बजेट २०८२/८३ – स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन
काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गर्ने भएको छ ।
अर्थ मन्त्री विष्णु पौडेलले संयुक्त सदनमा पेश गरेको बजेट बक्तव्यमा सो जानकारी दिएका हुन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि आगामी आर्थिक वर्षमाका लागि १० अर्ब बजेट बिनियोजन गरेको बताए ।
उनले अहिलेसम्म बोर्डले तिर्नु पर्ने बक्यौता रकमको पनि चालु आर्थिक वर्षबाटै तेस्रो पक्ष परीक्षण गराई फरफारक गराईने जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



