नेपाल फार्मेसी परिषद्को अध्यक्षमा प्रज्वलजंग पाण्डे नियुक्त

काठमाडौँ, १७ बैशाख । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज मन्त्रिस्तरीय निर्णय गर्दै पाण्डेलाई आगामी चार वर्षका लागि परिषद्को अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।
पाण्डे यसअघि पनि परिषद्को अध्यक्ष थिए । यो उनको दोस्रो कार्यकाल रहने छ ।
पाण्डेले अघिल्लो कार्यकालमा फार्मासिष्ट तथा फार्मेसी सहायकको दर्ता परीक्षा व्यवस्था सुरु गरेका थिए । यस्तै सीपीडी तालीम, फार्मेसीहरुमा बस्ने फार्मासिष्ट तथा फार्मेसी सहायकलाई ड्रेसकोड सम्वन्धी व्यवस्था लगायतका कामहरुको सुरुवात गरेका थिए ।

उनी फार्मेसी क्षेत्रका विज्ञको रुपमा समेत परिचित छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



