पीजीका विद्यार्थीको निर्वाह भत्ता विवाद : चिकित्सक संघद्धारा सेवा बहिस्कारको घोषणा

88
Shares

काठमाडौँ, ११ बैशाख । प्रोष्ट ग्राजुएट्स (पीजी) तहका चिकित्सकलाई सरकारी मेडिकल अधिकृत (आठौं तह) सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन नभएको भन्दै नेपाल चिकित्सक संघले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

संघले शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।

बिहिबार माइतिघर मण्डलामा आन्दोलन र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसंग भएको सम्वादबाट निकास ननिस्केपछि थप आन्दोलनका कार्यक्रम अघि सारेको संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले बताए ।

तर उनको आन्दोलनले देशका विभिन्न क्षेत्रबाट उपचार तथा परीक्षणका लागि आएका हजारौँ बिरामी प्रभावित हुने भएका छन् । स्वास्थ्य संस्थालाई अत्यावश्यक क्षेत्र मानिएको छ । यसमा हडताल तथा बन्द सेवा बन्द गर्न निषेध गरिएको छ । तर चिकित्सकहरुले निजी मेडिकल कलेजमा निर्वाह भत्ताको कार्यान्व्यन गर्न दवाव दिन भन्दै सेवा बहिस्कारको आव्हान गरेका हुन् ।
त्यसो त बिहीबार स्वास्थ्य मन्त्री पौडेलले चिकित्सक संघले भने सरह नै निजी मेडिकल कलेजले सरकारले तोके अनुसारको भत्ता नदिएसम्म उनीहरुको कुनै काममा सहयोग नगर्ने बताएका थिए ।

उनले अस्पतालको सेवा बहिस्कार गर्ने कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए । तर उनको आग्रहलाई चिकित्सक संघले अटेरी गरेको छ ।

संघका अनुसार काठमाडौँ उपत्यकामा चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्ने र मोफसलमा सम्वन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय घेराउलाई निरन्तरता दिनेछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *