मधेश प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. श्रवणकुमार मिश्रलाई

212
Shares

काठमाडौँ, १० बैशाख । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा पदमा डा श्रवणकुमार मिश्र नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ११औं तहका मिश्रलाई मधेश प्रदेशको स्वास्थ्य सचिवमा कामकाजका लागि खटाउने निर्णय गरेको हो।

मिश्र प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट हुन्। उनी कोशी अस्पतालमा कार्यरत थिए।
यसअघि मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निमित्तको रुपमा राजेशकुमार मिश्रले जिम्मेवारी सम्हाल्दै आएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *