स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

308
Shares

काठमाडौँ, १२ चैत । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै थापालाई अध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि उनी बोर्डको सदस्य थिए।

मन्त्री पौडेलले  मन्त्रालयमा अध्यक्षमा नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

केही दिनअघि मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्लेलाई नियुक्त गरिसकेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *