महाराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघका विवेककुमार यादव बिजयी

44
Shares

काठमाडौँ, ६ चैत । महाराजगञ्ज मेडिकल क्याम्पसमा नेपाली कांग्रेस निकट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को सभापति पदमा विवेककुमार यादव बिजयी भएका छन् ।

सभापति पदमा नेविसंघका विवेककुमार यादवले ८४१ मत पाएका छन्। प्रतिद्वन्द्वी अनेरास्ववियुका पंकज गुप्ताले ७ सय ४ मत प्राप्त गरेका छन्।

त्यस्तै, सचिवमा नेविसंघकै यासिका यादवले ८२५ मत पाएकी छिन् भने अखिलका रुपसिंह सुनार ७०९ मत पाएका छन्। त्यस्तै कोषाध्यक्षमा नेविसंघका सागर चैलागाईले जितेका छन्।

२०७९ को निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले जितेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *