चिकित्सा शिक्षा आयोगले थप्यो स्नातकोत्तर तहमा २३१ सिट (सूची सहित)

1.5k
Shares

काठमाडौँ, २ फागुन । चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर तह (पीजी) को अध्ययनका लागि प्रतिष्ठान तथा कलेजहरुमा गतवर्षको तुलनामा २३१ सिट संख्या थप गरेको छ।

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७ औँ बैठकले १४ वटा संस्थामा सिट संख्या थप गर्ने र चार वटामा घटाउने निर्णय गरेको गरेको हो ।

बैठकले प्रदेशका दुई प्रतिष्ठानमा २२ सहित १४ वटा संस्थामा २३१ सिट थप गर्ने निर्णय गरेको हो। बैठकको दिन पीजीमा २०९ सिट थप्ने निर्णय भएको बाहिर आएको थियो।

तर उक्त २०९ सिटमा प्रदेशका दुई प्रतिष्ठानहरुको २२ सिट जोडिएको थिएन।

मधेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहित १७ औं बैठकले २३१ सिट थप गर्ने निर्णय गरेको आयोगका एक सदस्यले जानकारी दिए।

ती सदस्यका अनुसार यो वर्ष सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान र संस्थाहरुमा गरेर पीजीमा सबै विषय गरेर एक हजार २६ सिट पुगेको छ। गत वर्ष यी संस्थाहरुमा ७९५ सिट थियो।

कुन संस्थालाई कति सिट ?

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *