डा. शर्माको रिट खारेज, गण्डकीको स्वास्थ्य सचिव डा. बगाले नै कायम

पोखरा, २९ माघ । गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा विश्ववन्धु बगालेले निरन्तरता पाएका छन्। डा बगालेलाई सचिव बनाउने निर्णय खारेजीको माग गर्दै उच्च अदालत गएका अघिल्ला सचिव डा. विनोदविन्दु शर्माको रिट खारेज भएपछि डा बगालेले निरन्तरता पाएका हुन् ।
प्रदेश सरकारले सचिवबाट हटाएर तालिम केन्द्रमा सरुवा गरेपछि डा शर्मा त्यसको विरोधमा उच्च अदालत पोखरामा रिट दायर गर्न पुगेका थिए ।
सोमबार उच्च अदालत पोखराका न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र उमेश कोइरालाको इजलासले शर्माको रिट खारेज गर्ने आदेश दिएको हो।
अदालतमा डा शर्माले सचिव भएर काम गरिसकेका व्यक्तिलाई घटुवा हुने गरी तालिम केन्द्रमा सरुवा गरेको आरोप समेत लगाएका थिए।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



