वीर अस्पतालमा डाक्टरहरूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग

220
Shares

काठमाडौँ, २६ माघ । वीर अस्पतालमा डाक्टरहरूमाथि आक्रमणको घटनामा संलग्न दोषीहरूलाई कडा कारबाही गर्न नेपाल चिकित्सक संघले सरकार समक्ष माग गरेको छ ।

संघका अनुसार वीर अस्पतालको अप्रेशन कक्षमा सेवामा खटिएका चिकित्सक डा. घनश्याम थापा, डा.शरद पोखरेल लगायत अन्य स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो ।

घटनाप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासचिव डा सञ्जीव तिवारीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो आपराधिक कार्यको नेपाल चिकित्सक संघ घोर भर्त्सना गरेका छन् ।

स्वास्थ्य संस्थाहरूमा हुने गरेका यस प्रकारका घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने गरेको उनको भनाई छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *