केन्द्रीय रक्तसञ्चार र वीर अस्पतालबीच रगत उपलब्ध गराउन सम्झौँता

68
Shares

काठमाडौँ, २५ माघ । नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवा र वीर अस्पतालबीच रगतको उपलब्धताका सम्बन्धमा सम्झौता भएको छ।

केन्द्रीय रक्तसञ्चार सेवा प्रदर्शनीमार्गमा सञ्चालनमा आएपछि छिमेकी संस्था वीर अस्पतालको बढ्दो मानव रगत र रक्तकोषको आवश्यकता पूर्ति गर्न टेवा पुग्ने गरी बिहीबार दुई संस्थाबीच सम्झौता भएको हो।

सम्झौता पत्रअनुसार चारबुँदे सहमति भएको छ।

साउन ०८२ देखि लागू हुने गरी रक्तसञ्चारले वीर अस्पताललाई थालेसेमिया, हेमोफिलिया र सिकलसेल एनिमियाका बिरामीहरूलाई साप्ताहिक चाहिने रगत तथा रक्त तत्व उपलब्ध गराउनेछ।

रगत र रगत तत्वको शुल्क नेपाल सरकारले तोकेको हुनेछ। प्रतियुनिट शुल्क एक हजार एक सय ६० कायम गरिएको छ।

हेर्नुहोस् पत्र

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *