महाराजगञ्ज चिकित्सा क्याम्पसको प्रमुख को होला ? अन्तर्वार्ताका लागि सूचीमा अटाए यी पाँच जना

652
Shares

काठमाडौँ, १९ माघ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तगर्तको महाराजञ्ज चिकित्सा क्याम्पसको रिक्त रहेको क्याम्पस प्रमुखमा पाँच जना प्रारम्भिक सूचीमा परेका छन्।

आईओएमद्धारा गठित छनौट समितिले आवेदन दिएकामध्ये पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको छ।

छनोट समितिले वर्णानुक्रमअनुसार प्राडा मीनु चौधरी, प्राडा योगेन्द्रमान शाक्य, प्राडा रमेश सिंह भण्डारी, प्राडा सुरेश उप्रेती र प्राडा संघरत्न बज्राचार्यलाई अन्तर्वार्ताका लागि बोलाएको छ।

उनीहरुलाई माघ २२ गते अन्तर्वार्ताका लागि बोलाइएको छनोट समितिले जनाएको छ।

अन्तर्वार्तामा एक जना उम्मेदवारका लागि २० मिनेटको समय दिइएको छनोट समितिले जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *