खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरे काठमाडौँ महानगरले कारबाही गर्ने

56
Shares

काठमाडौँ, २४ मंसिर । काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ ।

महानगरले आज एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहोरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने जनाइएको छ ।

महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाको सूचनामा उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *