विदेश जाने नेपाली युवालाई निःशुल्क योग सिकाइने

40
Shares

काठमाडौँ, २५ कात्तिक । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले विदेश जानुअघि नेपाली युवालाई निःशुल्क योग सिकाउने भएको छ ।

समाजले राजधानीमा आयोजना गरेको वृहत युवा भेलामा संस्थापक आचार्य राजन शर्माले विदेश जानुअघि नेपालीलाई निःशुल्क रुपमा दुई सयदेखि चार सय घण्टासम्म योग सिकाउन लागिएको जानकारी दिएका हुन् ।

कार्यक्रममा योगगुरु डा हरिप्रसाद पोखरेलले योग भूमि एवं हिमालयको देश नेपालमा ऋषिमुनिले तपस्या गरेको उल्लेख गर्दै नेपालमा योग, ध्यान सिक्न विदेशबाट समेत वार्षिक हजारौँ मानिस आउने गरेको बताए ।

सहप्राध्यापक श्रीराम सापकोटाले सुख र दुःख आफ्नै कारणले हुने विचार राखे । पूर्वसचिव भीम उपाध्यायले यस्ता कार्यक्रमले युवालाई उत्प्रेरित गर्ने बताए । कार्यक्रममा आचार्य शर्माका सुखसूत्र, योगदर्शन र प्राकृतिक चिकित्सा, आयुर्वेद अमृत दर्शन र विज्ञान भैरवतन्त्र गरी चार पुस्तक पनि विमोचन गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *