पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २३ कात्तिक । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
स्वास्थ्यमा समस्या भएपछि गत आइतबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई शुक्रबार अपरान्ह साढे ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो।
९६ वर्षीया रत्नको छातीमा संक्रमण देखिएपछि अस्पताल लगिएको थियो। शुक्रबार उनको डिस्चार्ज भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज पारस शाह लगायत अस्पताल पुगेका थिए।
चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिएको थियो। राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनपछि पनि उनी त्यहाँस्थित महेन्द्र मञ्जिलमै बस्दै आएकी छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



