गेटा अस्पतालमा शुरु भयो शल्यक्रिया सेवा

112
Shares

धनगढी, ५ कात्तिक । कैलालीस्थित गेटा अस्पतालले शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ । सोमबार अस्पतालको आकस्मिक कक्षमा रहेको शल्यकक्षमा डा. शंकर अधिकारीको टोलीले एक पुरुष बिरामीको लाइपोमाको माइनर शल्यक्रिया गरेको हो ।

अस्पतालका निर्देशक डा. विप्लव सापकोटाले अहिले आइसीयू सेटअप बनि नसकेकोले मेजर शल्यक्रिया गर्न नसकिएको भन्दै मंसिर देखि सो सेवा पनि सुरु हुने जानकारी दिए ।

‘आज हामीले माइनर अपरेशन गरेका हौँ । कात्तिक महिना भित्रमा ३० शय्याको आइसीयू सेटअप हुनेछ, ५ वटा मोडुलर ओटी पनि तयार हुनेछ । त्यसपछि हामीले ठूला केश पनि गर्न सक्छौँ,’ उनले भने ।

सोमबार शल्यक्रिया सुरुवात गर्ने टोलीमा डा. अधिकारीसहित ओटी नर्स रोशनी शाही, आरती भण्डारी र शर्मिला चौधरी र हेल्पर रोशनी चौधरी थिए । एनेस्थेसियामा डा. आशिष तिवारीले सघाएका थिए ।

अस्पतालमा एक महिना अघि स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु भएको थियो ।

अस्पतालमा दुई महिना अघिदेखि इन्डोर सेवा सुरु भएको छ ।

अस्पतालमा इन्डोस्कोपी सेवा पनि सुरु भइसकेको छ ।

सेवा थप हुँदै गएपछि अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या पनि थपिँदै गएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *