मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. प्रदीप ज्ञवाली नियुक्त

780
Shares

काठमाडौँ, १६ असोज । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा प्रदीप ज्ञवाली नियुक्त भएका छन् ।

बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले डा ज्ञवालीलाई चार वर्षका लागि प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि प्रतिष्ठानको उपकुलपति प्राडा विश्वराज जोशी थिए । उनको चार वर्षे कार्यकाल १५ साउनमा सकिएको थियो । पहिलो उपकुलपतिको कार्यकाल सकिएको दुई महिना पछि डा ज्ञवाली दोस्रो उपकुलपतिको रुपमा प्रतिष्ठानको नेतृत्व गर्दैछन् ।

डा ज्ञवाली अहिले त्रिवि चिकित्साशास्त्र अधययन संस्थानमा सहप्राध्यापकको रुपमा कार्यरत छन् ।

उनी यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य सचिव थिए ।

गत साउन १५ देखि रिक्त उक्त पदमा प्रदेश सरकारले २ महिना पछि डा.ज्ञवालीलाई नियुक्त गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *