जिल्ला अस्पताल हुम्लामा बिरामीको चाप बढ्यो

20
Shares

 

हुम्ला, २५ भदौ । हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ । मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालमा बिरामीको अत्यधिक चाप भएको अस्पतालले जनाएको छ ।

मौसमी बिरामीको चाप अत्यधिक बढेसँगै अस्पतालमा बिरामी राख्ने श्ययाको पनि अभाव हुन थालेको अस्पतालका डाक्टर सुनिल पुजाराले बताए । १५ श्ययाको क्षमता भएको हुम्ला अस्पतालमा हिजोआज बिरामी बढी भर्ना हुँदा समस्या भएको उनको भनाइ छ ।

अस्पतालमा आइतबार मात्रै एक सय ५० जना विरामीले उपचार गराएका छन् । जसमा सबैभन्दा बढी ज्वरोका विरामी, झाडापखाला, निमोनिया र ग्याष्ट्रिकलगायत बिरामी छन् । सोमबार साँझ ४ बजेसम्म झण्डै ९० जना बिरामीको उपचार गरिएको अस्पताल स्रोतले बताएको छ ।

केही दिनअघि दैनिक ५० जनासम्म उपचारका लागि पुग्ने गरेको भएपछि पछिल्ला दिनमा मौसमी रुघाखोकी, ज्वरोका बिरामी बढ्ने गरेको डा पुजाराले बताए ।

जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम आसपास गाउँका ठेहे, जोदाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, यांचु, माजा, छिप्रालगायत गाउँबाट पुग्ने गरेका छन् । अहिले जिल्ला अस्पतालमा बिरामीको चाप बढेको भए पनि औषधि अभाव नभएको अस्पतालले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *