गाजामा कुपोषणका कारण मृत्यु हुनेको संख्या ३७ पुग्यो

24
Shares

काठमाडौँ, २३ भदौ । गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक प्यालेस्टिनी बालिकाको कुपोषण र उपचारको अभावका कारण मृत्यु भएसँगै कुपोषणका कारण मृत्यु हुने बालबालिकाको सङ्ख्या ३७ पुगेको छ ।

चिकित्सा स्रोतहरूले प्यालेस्टिनी समाचार समिति (वाफा) लाई कुपोषण र खाध्य आपूर्तिको अभावका कारण बालिकाको मृत्यु भएको बताएका छन् ।

गाजामा ५० हजारभन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको युनिसेफले घोषणा गरेको थियो । संयुक्त राष्ट्रले गाजापट्टीमा मानवीय अवस्था दयनीय रहेको चेतावनी दिएको छ ।

गाजापट्टीका बासिन्दाले अक्टोबर ७ देखि जारी विनाशकारी इजरायली युद्धको कारणले अभूतपूर्व मानवीय र स्वास्थ्य सङ्कटको सामना गरिरहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *