बायाँ हात भाचिदा दाँया हातमा प्लास्टर भएको बझाङ अस्पतालको घट्ना के हो ?

काठमाडौँ, ३ साउन । बझाङ अस्पतालका चिकित्सकले बायाँ हात भाचिएर उपचारका लागि आएका एक बालकको दायाँ हातमा प्लास्टर गरिदिएको खबर सार्वजनिक भइसकेको छ ।

केही वर्ष अघि नर्भिक अस्पतालमा खुट्टाको केशमा यस्तै भएको थियो । उपचारमा चिकित्सकको लापरवाही भन्दै कहिलेकाँही विरोधमा उठ्ने स्वरहरुमा उदाहरण दिनु पर्दा यसअघि नर्भिक केश उठ्ने गरेको थियो ।

बझाङ अस्पतालको पछिल्लो घटनाले चिकित्सा बृत्तलाई पुन अफ्टेरोमा पारेको छ ।

बझाङ अस्पतालमा कसरी भयो यस्तो ?
बझाङ अस्पतालले पछिल्लो घटनाको बारेमा आज आधिकारिक विज्ञप्ती सावर्जनिक गरिसकेको छ । विज्ञप्ती अनुसार दुर्गाथली गाउँपालिका ७ का ६ बर्षीय सचिव दौल्याल लडेर घाइते भएपछि परिवारले उपचारका लागि गत ३१ असारका दिन बझाङ अस्तपाल ल्याएको थियो ।

परीक्षणको क्रममा उनको बायाँ हातको हड्डी भाचिएर शल्यक्रिया गर्नु पर्ने देखिएको थियो । त्यसबारेमा चिकित्सकले अभिभावकलाई पनि भने । तर शल्यक्रिया गर्नु अघि सपोर्ट (हात हलचल नगर्न तथा सुन्निएको कम गराउने हेतुले )को लागि सामान्य प्लास्टर लगाउने क्रममा दायाँ हातमा लगाईदिए ।

तर ३० मिनेट भित्रै गलत उपचार भयो भन्ने थाहा पाएर त्यसलाई सच्याएको छ । अर्थात बायाँ हातमै प्लास्टर गरिएको छ ।

अस्पतालले यो पनि भनेको छ कि ती बालकको १ साउनका दिन शल्यक्रिया गरी स्वास्थ्य सामान्य भएपछि अहिले डिस्चार्ज भई घर गइसकेको समेत जनाएको छ ।

अस्पतालले बायाँमा गर्नुपर्ने प्लास्टर दाँयामा गर्ने कार्यलाई त्रुटी भनेर स्वीकारेको छ र त्यसमा सम्लग्न कर्मचारी स्वास्थ्यकर्मीमाथि छानविन गरि आवश्यक कार्वाही गर्ने समेत जनाएको छ । आगामी दिनमा यस्तो त्रुटि नहुने समेत विज्ञप्तीमा उल्लेख गरेको छ ।

बायाँ प्लास्टर गर्नुपर्नेमा दायाँ गरेको देखेपछि अस्पताल बाहिर भएका आफन्तले तत्कालै भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । अहिले त्यहि भिडियो भाइरल भएर अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि व्यक्तिगत गालिगलौच र चरित्रहत्या गर्ने किसिमबाट अफवाह फैलिएको भन्दै दुख व्यक्त गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *