गाजाका मेडिकल विद्यार्थीको शिक्षा पाकिस्तानबाट पूरा गर्न दिइने

36
Shares

काठमाडौँ, २१ असार । पाकिस्तानले गाजापट्टीका मेडिकल विद्यार्थीहरूलाई मानवीय आधारमा दक्षिण एसियाली देशमा मेडिकल शिक्षा पूरा गर्न अनुमति दिने निर्णय गरेको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री र विदेशमन्त्री इशाक दारको निर्देशनमा यो निर्णय गरिएको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जहरा बलूचले बिहीबार साप्ताहिक सञ्चारमाध्यममा उल्लेख गरेका हुन् ।

प्यालेस्टिनी २०–३० को ब्याचमा विद्यार्थीहरू चाँडै पाकिस्तानको मेडिकल कलेजहरूमा भर्ना हुने उनले बताए ।

प्रवक्ताका अनुसार यो गाजाका विद्यार्थीको अधिकार तथा गाजाको स्वास्थ्य प्रणालीका महत्त्वपूर्ण आवश्यकता सम्बोधन गरी विद्यार्थीलाई मुटुरोग, हाडजोर्नी, अर्बुद रोग, बालरोग र शल्यक्रियासम्बन्धी शिक्षा पूरा गर्ने अवसर हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *