बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको अध्यक्षमा रायमाझी, महासचिवमा आए डा. डीबी राना

काठमाडौँ, २७ जेठ ।  बसुन्धरास्थित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिडेटको सञ्चालक समितिको अध्यक्षमा उमेशजंग रायमाझी निर्वाचित भएका छन् ।

आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति छनौट गर्न शनिबार भएको निर्वाचनमा रायमाझीले निवर्तमान अध्यक्ष डा. सुधारप्रसाद अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल १५ सदस्यीय सञ्चालक समितिमा शनिबारको निर्वाचनबाट उपाध्यक्षमा गोमा उप्रेती र महासचिवमा डा. धनबहादुर (डीबी) राना मगर बिजयी भएका छन् । यस्तै सचिव पदमा मुनाकुमारी थापा राना, कोषाध्यक्षमा माधव पाण्डे र सह कोषाध्यक्षमा प्रेम पौडेल विजयी भएका छन् ।

सदस्यहरुमा खुल्ला तर्फ बसन्त श्रेष्ठ, मदन रेग्मी, महेश्वर शर्मा पौडेल, मुक्तिप्रसाद आचार्य र प्राडा हरिशचन्द्र उप्रेती विजयी भएका छन् । यस्तै महिला सदस्य तर्फ कल्पना जोशी श्रेष्ठ, गीता शर्मा चापागाईँ, र जीवन डंगोल विजयी भएका छन् । अस्पतालको विधानमा एक जना सदस्य भने मनोनित गरिने नव निर्वाचित महासचिव डा रानाले बताए ।

यो अस्पतालमा कुल ६३९ जना शेयर सदस्य रहेका छन् । तर यसपटक निर्वाचनमा भाग लिनका लागि ६३४ जना मात्रै योग्य थिए । त्यसमध्ये शनिबारको निर्वाचनमा ४०९ जनाले मात्रै मतदान गरेका थिए ।

महासचिव डा. रानाले यसपटक देखि सञ्चालक समितिमा महिलाको उपस्थिति कम्तिमा ३३ प्रतिशत सुनिश्चित गर्न उपाध्यक्ष, सचिव र तीन जना सदस्य पद महिलाका लागि छुट्याएको बताए ।

दुई बर्ष अघि मात्रै चार वर्षे कार्यकालका लागि निर्वाचित भएका डा. अधिकारीले १६ औँ बार्षिक साधारण सभामा मध्यावधि प्रस्ताव ल्याएका थिए । सो सभाले निर्वाचनमा जाने र नयाँ सञ्चालक समिति गठन गर्ने निर्णय भएपछि हिजो निर्वाचन भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *