विश्व ब्रेन ट्युमर दिवसको अवसरमा:

वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया शुल्क सत प्रतिशत छुट !

काठमाडौँ, २७ जेठ । वीर अस्पतालमा आगामी १६ असार सम्म ब्रेन ट्युमरको शल्यक्रिया गर्दा विरामीले त्यसबापत तिर्नु पर्ने शल्यक्रिया शुल्क नलाग्ने भएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा शनिबार वीर अस्पतालमा भएको एक कार्यक्रममा निशुल्क शल्यक्रिया घोषणा गरिएको हो ।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्र वीर अस्पतालका संस्थापक अध्यक्ष प्राडा राजीब झाका अनुसार वीर अस्पतालमा ८ जुन देखि महिना भर (२६ जेठ देखि १६ असार २०८१ सम्म) ब्रेन ट्युमरको शल्यक्रिया गर्दा शल्यक्रिया शुल्क लाग्ने छैन ।

बरिष्ठ न्युरो सर्जन समेत रहेका केन्द्रका अध्यक्ष प्राडा झाले ब्रेन ट्युमरबाट प्रभावित भएका व्यक्तिहरु, तिनका परिवार र समाजमा यससंग सम्बन्धित कुराहरुको बारेमा अझ बढी जानकारी होस र बिरामीलाई धेरै भन्दा धेरै प्रत्यक्ष र परोक्षा रुपमा सहयोग तथा समर्थन होस भनेर यो दिवस मनाउने गरिएको बताए । उनले विभिन्न अनुसन्धान खोज र प्रगतिका बावजुत ब्रेन ट्युमरको निदान र उपचार जटिल तथा चुनौतीपूर्ण रहेको भन्दै यस सम्वन्धी अनुसन्धानलाई थप बढाउन, बिरामीहरुको उपचारमा सुधार गर्न, प्रभावित व्यक्तिहरुको साथ र समर्थन गर्नका लागि नीति निर्माण गर्ने तहमा कुरा उठाउन आवश्यक रहेको बताए ।

हरेक वर्ष ८ जुनलाई विश्व ब्रेन ट्युमर दिवसको रुपमा संसार भर मनाईने गरेको छ । सो अवसरमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र वीर अस्पतालले पनि शनिबार जनचेतनामुलक प्रभातफेरी आयोजना गरेको थियो ।  त्यसपछि वीर अस्पतालमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *