आर्थिक वर्ष २०८१ /०८२ को कुल बजेट १८ खर्ब ६० अर्ब, स्वास्थ्यको भागमा ४.६३ प्रतिशत मात्रै (पूर्ण पाठ सहित)

काठमाडौँ, १५ जेठ ।  सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्व ६० अर्व ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरे ।

अर्थमन्त्री पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरे ।

बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्व २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । जो कुल बजेटको ४.६३ प्रतिशत हो ।

विश्व स्वास्थ्य संगठनले कुल बजेटको कम्तिमा १० प्रतिशत बजेट स्वास्थ्यका लागि छुट्याउनु पर्ने भन्दै आएको छ ।स्वास्थ्य क्षेत्रका विज्ञहरुले पनि १० प्रतिशत बजेट माग गर्दै आइरहेका छन् । तर बजेटमा सरकारको प्राथमिकतामा यसपटक पनि स्वास्थ्यमा परेको देखिएको छैन ।

हेर्नुहोस पूर्ण पाठ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *