आन्तरिक प्रतिस्पर्धाबाट एघारौँ तहमा बढुवा हुने चिकित्सक नै भेटिएनन, विभिन्न उपसमूहका छ वटा पद खाली

काठमाडौँ, ५ बैशाख । लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ रिक्त रहेको विभिन्न उप समूहको ६ पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट चिकित्सकहरुको बढुवा गर्ने प्रक्रिया अघि बढाएको थियो तर आयोग सफल हुन सकेन । आयोग सफल नहुँदा ती पदहरु पुन रिक्त भएका छन् ।

आयोगका अनुसार नेफ्रोलोजी उपसमूह तर्फको प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजोजिष्ट पदमा आन्तरिक प्रतिस्पर्धामार्फत बढुवा गर्न २ वटा सिट खाली थियो तर एक जनाको पनि दरखास्त परेन ।

यस्तै प्रमुख कन्सल्टेन्ट अप्थाल्मोलोजिष्ट पदमा पनि आन्तरिक प्रतिस्पर्धाबाट एक जनालाई पदपूर्ति गर्न खोजिएको थियो तर लिखित परीक्षामा नै एक जना पनि भएनन् ।

लिखित परीक्षामै सहभागी नभएको अर्को पद हो प्रमुख कन्सल्ट्यान्ट प्याथोलोजिष्ट । लोक सेवाले आन्तरिक प्रतिस्पर्धाबाट यो पदका लागि दुई वटा सिटमा पदपूर्ति गर्न भनेर सूचना निकाले पनि लिखित परीक्षामा एक जना पनि सहभागी भएनन् ।

यता प्रमुख कन्सल्टेन्ट सर्जन पदमा रिक्त एक पदका लागि आन्तरिक प्रतिस्पर्धामार्फत बढुवा गर्न खोजिएको थियो । सो पदका लागि लिखित परीक्षामा तीन जना चिकित्सक सहभागी त भए तर एक जनाको पनि नाम निस्किएन ।

यसै पनि स्वास्थ्यको प्राविधिक क्षेत्रमा दरबन्दी कम छ । आन्तरिक प्रतिस्पर्धाबाट बढुवा गर्न खोजिएको उपल्लो तहको पद खाली हुने अवस्थाले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र आकर्षणमा समेत थप प्रश्न उठाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *